२०८३ बैशाख २४ गते , विहीबार
जेनजीको प्रदर्शनमा गोली लागेका घाइते युवकको मृत्यु
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी नुवाकोटका लक्ष्मण राईको सोमबार बिहान ट्रमा सेन्टर, वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गोली लागेको थियो।
परिवारका सदस्य सबिन राईका अनुसार मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। राईको अन्तिम संस्कार त्रिशूलीमा गरिनेछ। उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए ।