२०८३ बैशाख २४ गते , विहीबार

झापामा करेन्ट लागेर विद्युत कर्मचारी घाइते

sajilo news
झापा
२०८२ आश्विन १३ गते , सोमबार
झापामा करेन्ट लागेर विद्युत कर्मचारी घाइते

झापाको दमकमा करेन्ट लागेर एक जना विद्युत् कर्मचारी गम्भीर घाइते भएका छन् । हिजो दिउँसो ३ बजेतिर दमक नगरपालिका-८ बालुवाटारमा बिजुलीको पोलमा सडक बत्ती मर्मत गर्ने क्रममा बिद्युत्को काम गर्ने करार कर्मचारी दमक-८ का ४३ वर्षीय तिलोचन बराललाई अचानक करेन्ट लागेको थियो ।

दाहिने हातमा करेन्ट लागेर लडेका बराललाई विराट टिचिङ अस्पताल विराटनगरमा लगी उपचार भइरहेको छ । उनको टाउको, दाहिने हात, बायाँ आँखामा चोट लागेको छ । अवस्था बोल्न नसक्ने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार