२०८३ बैशाख २४ गते , विहीबार

जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गरेर राहत उपलब्ध गराउने निर्णय

sajilo news
झापा
२०८२ आश्विन १२ गते , आईतबार
जेनजी आन्दोलनका घाइतेहरुको वर्गीकरण गरेर राहत उपलब्ध गराउने निर्णय

सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको छ। प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलले बताए। त्यस्तै जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय पनि भएको छ।

त्यस्तै सरकारले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सिना नियुक्त भएका छन्। 

सम्बन्धित समाचार