२०८३ बैशाख २४ गते , विहीबार

सल्यानमा हायस दुर्घटना, ३ जनाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन १२ गते , आईतबार
सल्यानमा हायस दुर्घटना, ३ जनाको मृत्यु

राप्ती राजमार्गअन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हायस गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो।

रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ। 

हायस सडकबाट करिब ३/४ सय मिटर तल खसेको र ३ जनाको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन भने घाइतेहरूको उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ।

सम्बन्धित समाचार