२०८३ बैशाख २४ गते , विहीबार

स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ११ गते , शनिबार
स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाहीमा स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडकखण्ड गएराति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेकोMH–04–DJ–1297नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि सवार २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ । 

मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डितको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।

घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले जानकारी दिए। 

सम्बन्धित समाचार