२०८२ आश्विन २१ गते , मंगलबार

सान्याले जितिन् ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि

sajilo news
काठमाडौं
२०८२ आश्विन १० गते , शुक्रबार
सान्याले जितिन् ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि

‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छिन् । बुधवार बेलुका ललितपुरस्थित रोयल टुलिप होटेलमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उक्त ताज पहिरन सफल भएकी हुन् । सान्या विजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योति थापा चौथो उपविजेता घोषित भएकी थिइन् । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

विजेता सान्याले दुई लाख नगदसहित विभिन्न उपहार प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छिन् । मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेताहरू सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।

 

सम्बन्धित समाचार