२०८३ बैशाख ३० गते , बुधबार

मुग्लिन-नारायणगढ सडक खुल्यो

sajilo news
झापा
२०८२ आश्विन १० गते , शुक्रबार
मुग्लिन-नारायणगढ सडक खुल्यो

तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक केहीबेर अघिबाट सञ्चालनमा आएको छ। 

राति अबेरसम्म लगाएर पहिरो पन्छाएपछि सडक सञ्चालन गरिएको र गाडीहरू गन्तव्यमा जान थालेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिए।

राति १०ः४५ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू हिजोदेखि नै यहाँ अलपत्र परेका थिए। थप पहिरो नखसे रातभरीमा अड्किएका गाडी गन्तव्यमा गइसक्ने बताइएको छ। 

सम्बन्धित समाचार