२०८३ बैशाख ३० गते , बुधबार

साउदी र दुबईमा नेपाली नागरिकको भिसामा रोक

sajilo news
झापा
२०८२ आश्विन ७ गते , मंगलबार
साउदी र दुबईमा नेपाली नागरिकको भिसामा रोक

साउदी र दुबईले नेपाली नागरिकको भिसामा रोक लगाएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई कारण देखाउँदै साउदी र दुबईले नेपालीलाई भिसामा रोक लगाएको हो । दुबईपछि हाल साउदीले पनि नेपालीलाई भिसामा रोक लगाएको छ ।
जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू पनि फर्जी कागज देखाएर सीमा पार गर्ने वा मुलुकमा प्रवेश गर्न सक्ने भन्दै साउदीले नेपालीलाई भिसा दिन रोक लगाएको बताइएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न ठाउँबाट हजारौँ कैदी भागेका थिए ।
जेलबाट भागेका कैदीहरूमध्ये केही पुनः कारागार फर्किए पनि अन्य कैदी कहाँ छन् ? कस्तो अवस्थामा छन् ? भन्ने यकिन छैन। यसरी भागेका कैदीहरू फर्जी कागजका भारमा सीमा पार गरेर जान सक्ने खतरा बढेपछि श्रम गन्तव्य मुलुकहरूले नेपालीलाई भिसामा दिन तत्कालका लागि रोक लगाएका हुन् । यसरी भिसामा लगाइएको रोक कहिलेसम्म रहन्छ भन्ने टुङ्गो छैन
यसरी दुबई, साउदी लगायतका देशले नेपालीलाई भिसा दिनै रोक लगाएपछि नेपालको आर्थिक स्थिरतालाई गम्भीर चोट पुर्‍याउने खतरा देखिएको छ।

सम्बन्धित समाचार