२०८३ बैशाख ३० गते , बुधबार

स्थानीय वायुको आंशिक प्रभावले आज दुई प्रदेशमा भारी वर्षा

sajilo news
झापा
२०८२ आश्विन ७ गते , मंगलबार
स्थानीय वायुको आंशिक प्रभावले आज दुई प्रदेशमा भारी वर्षा

हाल मनसुनी वायुको प्रभाव केही कमजोर छ भने स्थानीय वायुको आंशिक प्रभाव छ। दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सम्बन्धित समाचार