२०८३ बैशाख ३० गते , बुधबार

झापामा डुबेर एक बालिकाको मृ,त्यु

sajilo news
रासस
२०८२ आश्विन ६ गते , सोमबार
झापामा डुबेर एक बालिकाको मृ,त्यु

झापा गाउँपालिकाको सानो माईखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ झाँटी गौरीगाउँका मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जीको सानोमाई खोलामा डु्वेर मृत्यु भएको हो । ती बालिका हिजो दिउँसो २ बजेदेखि घरबाट हराएकी थिइन् ।

स्थानीयले खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे घरनजिकै रहेको सानोमाई खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 

सम्बन्धित समाचार