२०८३ बैशाख ३० गते , बुधबार

दमकमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ६ गते , सोमबार
दमकमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

दमकमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । आज बिहान  दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडक खण्डमा आम्दाबाट क्याम्पसमोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदल यात्री दमक-५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको थियो ।

टाउको, दुवै हातखुट्टा र शरीरमा गम्भीर चोट लागेर घाइते भएकी विकलाई उपचारको लागि खरखरे आम्दा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरे । यता मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ बस्ने २३ वर्षीय नीराजन बिस्टलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार