२०८३ बैशाख ३० गते , बुधबार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव हटाइए, मनोज सिलवाल नियुक्त

sajilo news
झापा
२०८२ आश्विन ५ गते , आईतबार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव हटाइए, मनोज सिलवाल नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारले उक्त पदमा मनोज सिलवाललाई नियुक्त गरेको छ।

हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो।

शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए।

सम्बन्धित समाचार