२०८३ बैशाख ३० गते , बुधबार

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

sajilo news
झापा
२०८२ आश्विन ४ गते , शनिबार
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। 

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो। निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु गरिएको छ। 

दुवैतर्फबाट एकएक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्। नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए। पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ।
शुक्रबार साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।   

सम्बन्धित समाचार