२०८३ जेष्ठ ३० गते , शनिबार

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८२ भाद्र २४ गते , मंगलबार
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा, मधेश प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सम्बन्धित समाचार