२०८३ बैशाख ३१ गते , विहीबार

जेनजी प्रदर्शन : मंगलबार इलामको रोङ गाउँपालिकाका सम्पूर्ण विद्यालयमा शोक बिदा

sajilo news
इलाम
२०८२ भाद्र २३ गते , सोमबार
जेनजी प्रदर्शन : मंगलबार इलामको रोङ गाउँपालिकाका सम्पूर्ण विद्यालयमा शोक बिदा

इलामको रोङ गाउँपालिकाले सम्पूर्ण विद्यालयहरूमा भोलि मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । आज राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानहरूमा सञ्चालन भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी निर्दोष १९ जना विद्यार्थीहरूले ज्यान गुमाएको र ३०० भन्दा बढी विद्यार्थी तथा युवा घाइते भई विभिन्न स्वास्थ्य संस्थाहरूमा उपचाररत छन् ।

यसै सन्दर्भमा भोलि एक दिनका लागि यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्था बन्द रहने गरी शोक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा उल्लेख छ ।  

विज्ञप्तिमा भनिएको छ, यस अमानवीय र हृदयविदारक घटनाप्रति रोङ गाउँपालिका गहिरो दुख व्यक्त गर्दै मृतक महान् आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना सहित घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । 

 

सम्बन्धित समाचार