२०८३ बैशाख ३१ गते , विहीबार
दमकमा प्रधानमन्त्री ओलीको निवासमा ढुंगामुढा, राजमार्गमा टायर बालेर प्रदर्शन
जेनीज समूहले झापाको दमकस्थित प्रधानमन्त्री केपी ओलीको निवासमा ढुंगामुढा गरेको छ । दमक नगरपालिका–९, शान्तिमार्गस्थित ओलीको निवासमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन्। प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ।
प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गसमेत टायर बालेर अवरोध गरेका छन्। पूर्व–पश्चिम राजमार्गको क्याम्पस गेटदेखि चियादोकानसम्म विभिन्न तीन ठाउँमा टायर बालेर प्रदर्शन गरेका हुन्। करिब आधा घण्टादेखि राजमार्ग अस्तव्यस्त छ। यसअघि दमकमा प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा करिब १० जना घाइते भएका छन्।