२०८३ जेष्ठ ३० गते , शनिबार

इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यु

sajilo news
सुनसरी
२०८२ भाद्र २३ गते , सोमबार
इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यु

सुनसरीको इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। जेनजी समूहको आन्दोलनले उग्र लिएपछि इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए। 

जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको बताइएको छ। आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए। 
 

सम्बन्धित समाचार