२०८३ जेष्ठ ३० गते , शनिबार

सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलायो

sajilo news
सुनसरी
२०८२ भाद्र २३ गते , सोमबार
सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलायो

सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो। दिउँसो १ बजे इटहरी उप–महानगरपालिकाको कार्यालयभित्र प्रवेश गर्नका लागि पानीको बोतल ,हेल्मेट, ढुङ्गा प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो । करिव १५ सयको संख्यामा त्यहाँ प्रदर्शनकारीहरु रहेका छन् ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबी सुनसरीबाट प्रहरी निरीक्षक भोलानाथ ढुङ्गानाको कमाण्डमा ५० जना र ३७ नं। गण पकलीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम प्रसाईको कमाण्डमा ५५ जनाको टोली खटिएको छ । जेनजीको प्रदर्शनपछि पूर्व–पश्चिम राजमार्ग ठप्प बनेको छ।

सम्बन्धित समाचार