२०८३ बैशाख ३१ गते , विहीबार
जेनजी समूहको प्रदर्शन : अहिलेसम्म ९ जनाको मृत्यु
जेनजी समूहको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको जनाइएको छ । स्रोतका अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहहरुको प्रदर्शन उग्र बनेपछि सुरक्षाकर्मीले ठाउँ ठाउँमा बल प्रयोग गर्दैै गोली चलाएको थियो ।