२०८३ बैशाख ३१ गते , विहीबार
जेन–जी प्रदर्शनमा घाइते भएका एक प्रदर्शनकारीको मृत्यु
काठमाडौँको बानेश्वरमा भइरहेको प्रदर्शनका घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले उपचारका क्रममा एक जनाको अस्पतालमा मृत्यु भएको पुष्टि गरे । उनले भने, ’अस्पतालमा दर्जनौँ घाइते छन् ।’
बानेश्वरको निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन छिरेपछि अवस्था थप तनावग्रस्त भएको थियो ।प्रहरीले पानीका फोहरा, अश्रुग्याँस र गोली प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेस्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ’जेन–जी’हरू प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंसहित देशका मुख्य सहरमा प्रदर्शन भइरहेको छ ।