२०८३ बैशाख ३१ गते , विहीबार

आज कोशीमा भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८२ भाद्र २३ गते , सोमबार
आज कोशीमा भारी वर्षाको सम्भावना

आज देशका पहाडी भू–भागमा मौसम साधारणतया बदली रही पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पछिल्लो १२ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए। 

आज राति कोशी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद झाले बताए।  कोशी, मधेश र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार