२०८३ बैशाख ३१ गते , विहीबार

इलाममा चितुवाले चौपाया खान थालेपछि कृषकहरू आतंकित

sajilo news
इलाम
२०८२ भाद्र २१ गते , शनिबार
इलाममा चितुवाले चौपाया खान थालेपछि कृषकहरू आतंकित

इलाममा जङ्गली चितुवाले चौपाया खान थालेपछि पशुपालक कृषकहरू आतंकित भएका छन् । गएराति इलाम सूर्योदय नगरपालिका १ छघरे बस्ने पासाङ शेर्पाको घरनजिकै रहेको गोठमा पसेर जङ्गली चितुवाले एउटा खसी र अर्को बाख्रालाई मारेको छ ।

पाँच दिनअघि किसानको बाख्रा खान आएको कालो चितुवालाई इलाममा नियन्त्रणमा लिई उद्धार गरिएको थियो ।
सूर्योदय नगरपालिका २ बागबिरे टोल बस्ने टंक काफ्लेको गोठमा बाख्रा खान आएको कालो चितुवालाई नियन्त्रणमा लिइएको थियो ।

दुई वटा बोका र एउटा बाख्रालाई मारेर सोही गोठमा बसिरहेको अवस्थामा वन कार्यालयसँग आवश्यक समन्वय गरेर चितुवालाई नियन्त्रणमा लिइ कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा लगिएको थियो ।

सम्बन्धित समाचार