२०८३ बैशाख ३१ गते , विहीबार
दमकमा चट्याङ लागेर एक बालिका घाइते
झापाको दमकका चट्याङ लागेर एक बालिका घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ ७ १५ बजेको समयमा चट्याङ लागेर दमक नगरपालिका- १० नलवारिका उज्ज्वल लिम्बुको १२ वर्षीया छोरा सिर्जना लिम्बु घाइते भएका हुन् । आफ्नै घरको किचनमा काम गर्दै गर्ने क्रममा वर्षासँगै आएको चट्याङको झट्का लागि उनको बायाँ खुट्टाको पैतालामा सामान्य चोट लागेको छ । घाइते उनलाई उपचारको लागि आम्दा अस्पताल दमक पठाइएको र उनको स्वास्थ्य अवस्था (बोल्न सक्ने) सामान्य रहेको प्रहरीले जनाएको छ ।