२०८३ बैशाख ३१ गते , विहीबार

मोरङमा पिकअपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

sajilo news
मोरङ
२०८२ भाद्र २० गते , शुक्रबार
मोरङमा पिकअपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

मोरङमा पिकअप गाडीले ठक्कर दिँदा नाबालकको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका-४ पशुपति टोलमा शुक्रबार दिउँसो दुर्घटना भएको हो। 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा ५ वर्षीय शम्भु पौडेललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार पिकअपको ठक्करबाट गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो। 

अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। ठक्कर दिने पिकअप र चालक सुनसरीको दुहबी नगरपालिका-११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार