२०८३ बैशाख ३१ गते , विहीबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
सिन्धुलीको कमलामाई नगरपालिका ९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहान ६ बजेको बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षका भुवन भुजेलको उपचारको क्रममा बिहान सात बजे मृत्यु भएको हो ।
स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते छन् । उनको टाउको र छातिमा चोट लागेको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।