२०८३ बैशाख ३१ गते , विहीबार

दमकल नपठाएको भन्दै दुहबी नगरपालिकामा ढुंगामुढा, चार जना पक्राउ

sajilo news
सुनसरी
२०८२ भाद्र २० गते , शुक्रबार
दमकल नपठाएको भन्दै दुहबी नगरपालिकामा ढुंगामुढा, चार जना पक्राउ

दमकल नपठाएको भन्दै दुहबी नगरपालिकाको कार्यालयमा ढुंगामुढा गर्ने चारजना पक्राउ परेका छन् । गएराति ८.३० बजे दुहबी नगरपालिका-६ राधाकृष्ण मन्दिर छेउमा बिद्युतको पोलमा अचानक आगलागी भएको थियो । त्यसबारे इलाका प्रहरी कार्यालय दुहबीमा जानकारी हुनसाथ सी.आर.भी दुहबीबाट प्रहरी टोली खटिएर प्रहरी र स्थानीयको सहयोगमा उक्त आगलागी राति ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । दुहबी नगरपालिकाको दमकल बिग्रिएर मर्मतको लागि पठाएका कारण विराटनगर महानगरपालिकाको दमकल बोलाइएको थियो ।

दमकल ढिलो आएको विषयलाई लिएर अन्दाजी ४०–५० जनाको स्थानीय समूहले दुहबी नगरपालिकाको गेट अगाडि गई हो–हल्ला गरी ढुंगामुढा गरेका थिए । त्यस कार्यमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ । त्यस स्थानमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १० जनाको प्रहरी टोली खटिएको छ ।

सम्बन्धित समाचार