२०८३ बैशाख ३१ गते , विहीबार

भोलि झापाका चार वटा पालिकामा स्थानीय बिदा

sajilo news
झापा
२०८२ भाद्र १९ गते , विहीबार
भोलि झापाका चार वटा पालिकामा स्थानीय बिदा

झापाका चार वटा पालिकाले भोलि स्थानीय बिदा दिएका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५००औं जन्मोत्सवको उपलक्ष्यमा स्थानीय बिदा दिएका हुन ।

भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि स्थानीय बिदा दिएका हुन् । मुस्लिम समुदायको बसोबास रहेको ती पालिकाहरूमा बर्सेनि स्थानीय बिदा दिने गरिएको छ ।

चार वटा पालिकाहरूले आज सूचना जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने उद्देश्यले शुक्रबार कार्यालय तथा विद्यालयहरू बन्द रहने जनाएका छन् । मुस्लिम समुदायका श्रद्धालुहरूले शुक्रबार विशेष प्रार्थना, धर्मोपदेश र सामुदायिक कार्यक्रमहरू गर्ने तयारी गरेका छन्।

सम्बन्धित समाचार