पत्रकार इश्वर अधिकारीसहित कर्मचारीहरु सम्मानित
भद्रपुर । नागरिक एफएमका कार्यक्रम निर्देशक तथा आँखा डटकम अनलाइनका सम्पादक ईश्वर अधिकारी सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापाको २३ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा पत्रकार ईश्वर अधिकारीसहित समाजसेवी, उत्कृष्ट कर्मचारी, तथा सेवा निवृत्त कर्मचारीहरूलाई सम्मान गरिएको हो ।
सञ्चार क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गर्दै अधिकारीलाई सम्मान गरिएको हो । भद्रपुर १० निवासी अधिकारी विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील छन् । अन्य सम्मानित हुनेहरूमा समाजसेवी तर्फ बिर्तामोड निवासी जल कुमार गुरुङ, उत्कृष्ट कर्मचारी तर्फ कमल गाउँपालिकाका कृषि अधिकृत महेन्द्र वोहोरा र प्रादेशिक अस्पताल भद्रपुरका एक्स-रे शाखाका कर्मचारी लीला भट्टराई रहेका छन् ।
त्यस्तै सम्मानित हुने सेवा निवृत्त कर्मचारीहरूमा शिक्षा विकास तथा समन्वय इकाइ झापाका उपसचिव भोलानाथ दाहाल, मदनभण्डारी राजमार्ग योजना कार्यालयका लेखा अधिकृत नारायण प्रसाद दुलाल, जिल्ला प्रशासन कार्यालय झापाका कास भीम बहादुर चेम्जोड्ग,भद्रपुर नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत शान्तिराम भट्टराई, डिभिजन वन कार्यालयका सुवेदारद्धय झरेन्द्र कुमार कटुवाल र पर्त बहादुर तामाङ,कचनकवल गाउँपालिकाका पशु विकास अधिकृत मशीन्द्र यादव, अर्जुनधारा नगरपालिकाका नासु अर्जुन आचार्य, जिल्ला हुलाक कार्यालयका कर्मचारी हिरा बहादुर कार्की र कोहवरा स्वास्थ्य चौकीका ग्रास्वाका राज कुमार कार्की रहेका छन् ।
निजामती कर्मचारी युनियनका अध्यक्ष लक्ष्मीप्रसाद दाहालको अध्यक्षता, नेपाली काँग्रेस जिल्ला सभापति देउकुमार थेबेको प्रमुख आतिथ्य, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईँको विशिष्ट आतिथ्यमा भएको थियो ।