२०८३ जेष्ठ ३० गते , शनिबार
माओवादी नेता मोहन नेम्बाङको निधन
नेकपा (माओवादी केन्द्र)का युवा नेता मोहन नेम्बाङ (सञ्चार) को आज दिउँसो निधन भएको छ । काठमाडौँको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको थियो ।
नेकपा माओवादीका प्रदेश कमिटी सदस्य नेम्बाङ पूर्व जनमुक्ति सेनाका योद्धा र वैध माओवादीका जिल्ला सचिव रहेका थिए ।
पाँचथर फिदिम घर भएका उनी बिर्तामोडका बस्दै आएका थिए । उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन् । नेम्बाङको शव काठमाडौँबाट ल्याएर भोलि बिहान ७ देखि ८ बजेसम्म बिर्तामोडस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा राखिने जनाइएको छ ।