अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुग्यो
अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको छ। तालिबानको गृह मन्त्रालयले पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ। मन्त्रालयका अनुसार १ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छ न्।
आइतबार राति ११:४७ बजे अफगानिस्तानको नान्गारहार र कुनार प्रान्तमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। यसको गहिराइ ८ किलोमिटर थियो। यसपछि,कम्तिमा तीन पटक फेरि भूकम्प गएको छ। जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो। भूकम्पबाट धेरैजसो क्षति कुनार प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जसको लगभग ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै पहिरोका कारण बन्द भएका छन्। तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोतसाधन रहेको र प्रभावित क्षेत्रहरूमा हेलिकोप्टर उपलब्ध गराउन र अन्तर्राष्ट्रिय संस्थाहरूबाट सहयोगो अपील गरेका छन्।