२०८३ जेष्ठ ३० गते , शनिबार

रिलायबल इन्स्यारेन्सद्वारा भद्रपुरका विद्यालयलाई फर्निचरका सामग्री प्रदान

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
रिलायबल इन्स्यारेन्सद्वारा भद्रपुरका विद्यालयलाई फर्निचरका सामग्री प्रदान

रिलायबल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेड भद्रपुर शाखाले भद्रपुरस्थित सिंहदेवी आधारभूत विद्यालयलाई फर्निचरका सामग्री प्रदान गरेको छ । इन्स्यारेन्सले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययनमा सहजता पु¥याउने उद्देश्यले  कुर्सीसहित टेबल प्रदान गरेको हो ।

रिलायबल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडको आठौँ स्थापना दिवसका अवसरमा भद्रपुर- २ स्थित सो विद्यालयलाई १२ थान कुर्सी र दुई थान टेबल प्रदान गरिएको रिलायवल नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका असिस्टेन्ट स्टार एजेन्सी मेनेजर  (एमडीआरटी) बाबुराम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सो सामग्री विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्यारेन्सका भद्रपुर शाखा प्रमुख भूपाल घिमिरे, एमडीआरटी पूर्णप्रसाद लिम्बू, लाल मेचे वरिष्ठ एजेन्सी म्यानेजर इन्दिरा राई, सुमिता हाँस्दा सहित कर्मचारी सहभागी थिए । यता रिलायबल  नेपाल लाइफ इन्स्यारेन्स लिमिटेड बिर्तामोड शाखाले समेत परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर वृद्धाश्रम’ मा वृद्धवृद्धालाई फलफूल सहितका सामग्री र ३० थान कुर्सी प्रदान गरेको छ ।

बिर्तामोड शाखाले समेत सामाजिक उत्तरदायित्व अन्तरगत नै त्यहाँ रहेका ज्येष्ठ नागरिकहरूलाई सहयोग सामग्री उपलब्ध गराएको हो । कार्यक्रम कम्पनीका कोशी प्रदेश प्रमुख रोशननिधि तिवारीको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा कम्पनीका बिर्तामोड शाखा प्रमुख निरप्रसाद अधिकारीसहित एजेन्सी म्यानेजरहरू र कर्मचारीहरू सहभागी थिए ।

सम्बन्धित समाचार