२०८३ जेष्ठ ३० गते , शनिबार

खाटबाट लडेर झापामा एक जनाको मृत्यु

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
खाटबाट लडेर झापामा एक जनाको मृत्यु

झापाको शिवसताक्षीमा खाटबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराति साढे ९ बजे शिवसताक्षी नगरपालिका– ९ किरात चौकका ५० वर्षीय अनिल लिम्बूको खाटबाट लडेर मृत्यु भएको हो । आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा लडेर बेहोस भएका लिम्बूलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोडमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

उनलाई विगत ३–४ दिनदेखि ज्वरो आएको थियो । लिम्बू पहिलेदेखि नै सुगर र प्रेसरको बिरामी भएका कारण औषधि सेवन गर्दै आइरहेको र मृत्यु शङ्कास्पद नदेखिएको कारण स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा अन्त्येष्टिका लागि मृतक परिवारले शव बुझिलगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार