२०८३ जेष्ठ ३० गते , शनिबार

निजामती कर्मचारी सङ्गठनद्वारा पत्रकार खनालसहित चार जना पुरस्कृत

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
निजामती कर्मचारी सङ्गठनद्वारा पत्रकार खनालसहित चार जना पुरस्कृत

स्व. प्रमोद तामाङको १५ औं स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था झापाले पत्रकारसहित चार जनालाई सम्मान गरेको छ।

भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयको भवनमा आइतबार आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट राष्ट्रसेवकतर्फ अर्जुनधारा नगरपालिकाका सबइन्जिनियर कमल पौडेल र सुरुङ्गा सबडिभिजन वन कार्यालयका कार्यालय सहयोगी देवका सिलवाल गौतम पुरस्कृत भएका छन् । त्यसैगरी सुशासन पत्रकारिता पुरस्कारतर्फ पत्रकार उमाकान्त खनाल पुरस्कृत भएका छन् भने छात्रवृत्तिबाट कृष्ण शर्मा तथा खिना शर्माकी सुपुत्री ताकिता शर्मा पुरस्कृत भएकी छन् ।
   
सङ्गठनका अध्यक्ष हिरण्य न्यौपानेको सभापतित्व तथा  संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, पुरस्कृतको तर्फबाट पत्रकार खनाल र कर्मचारीको तर्फबाट  गौतमले  शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले कर्मचारीले राम्रोसँग काम गरिदिए हामीलाई सेवाग्राहीले धारे हात लाउनेमा भोलि अर्को हात जोडेर नमस्कार पाइने बताइन्। कोषाध्यक्ष मनोज भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संगठनका सचिव पूर्णचन्द्र मैनालीले गरेका थिए ।

सम्बन्धित समाचार