२०८३ जेष्ठ ३० गते , शनिबार

सशस्त्र प्रहरीद्धारा अर्जुनधाराबाट अवैध काठ, पिकअपसहित चालक नियन्त्रण

sajilo news
झापा
२०८२ भाद्र १५ गते , आईतबार
सशस्त्र प्रहरीद्धारा अर्जुनधाराबाट अवैध काठ, पिकअपसहित चालक नियन्त्रण

सशस्त्र प्रहरीले झापाको अर्जुनधाराबाट सालको गोलिया काठसहित पिकअप र चालक नियन्त्रणमा लिएको छ । गएराति १० बजे अर्जुनधारा नगरपालिका-२ बेल्टारस्थित घिमिरे चोक हुँदै अवैध रुपमा काठको चोरी तस्करी भइरहेको भन्ने सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा चोरी तस्करी गरी अवैध रुपमा ल्याउँदै गरेको ५ थान सालको गोलिया काठसहित लु. १ च ६८४३ नम्बरको पिकअप र चालक अर्जुनधारा नगरपालिका- ३ बस्ने ३८ वर्षीय रवीन्द्र बुढाथोकीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुदुनाबारीको टोलीले नियन्त्रणमा लिएको हो । काठसहितको पिकअप र चालकलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे. क्वा झापाले जनाएको छ ।

सम्बन्धित समाचार