रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्तालाई सम्मान
बिर्तामोड । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बिर्तामोड शाखाले अभिकर्ता सम्मान साथै पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख रोशन निधि तिवारीको अध्यक्षता भएको कार्यक्रममा ५० बढी अभिकर्ता, एजेन्सी मेनेजर, वरिष्ठ एजेन्सी मेनेजरहरूलाई सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा भएको व्यवसायको समीक्षा गर्दै त्रिपल करोडपति, डबल करोडपति, करोडपति सँगै रिलायबल क्लब स्टारमा सफल भएका एक स्टारदेखि मेगा स्टारहरूलाई कोशी प्रदेश प्रमुख तिवारीले सम्मान गरेका थिए । साथै कार्यक्रममा सहभागीहरूलाई चालु आर्थिकमा गरिने वार्षिक प्रगीतका बारेमा जानकारी समेत गराएका थिए ।
कार्यक्रममा नेपाल प्रथम हुन सफल एजेन्सी मेनेजर एमडीआरटी बाबुराम अधिकारी, नेपाल चौथो हुन सफल भएका एमडीआरटी प्रेम राज गिरी, एमडीआरटीहरु पदम बहादुर श्रेष्ठ, शिवलाल धिमाल,विवेक आचार्य, जानुका गिरीको उपस्थिति रहेको बिर्तामोड शाखा प्रमुख नीर प्रसाद अधिकारीले जानकारी दिए ।