प्रेस चौतारीको उपचार कोषलाई ढुङगेलको सहयोग
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले सहयोग गरेका छन् । एमाले उपाध्यक्ष ढुङगेलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
पत्रकार उपचार सहयोग कोषलाई सहयोग गर्ने यसअघि नै घोषणा गरेका ढुङगेलले आज सहयोग रकम प्रदान गरेको हो । उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सूचना तथा सञ्चार क्षेत्रका क्रियाशील पत्रकारहरूको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे। आफू पनि सामाजिक एवम् राजनीति जीवनमै क्रियाशील रहेकोले कोषमा योगदान गरेको जानकारी दिए ।
पत्रकारहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ । उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन्। कोषमा ७ लाख रुपैयाँ पुगेको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिइन् ।