कुवेतमा ७ महिनादेखि चरम यातना खेपिरहेकी सुकुमाया स्वदेश फर्किइन्
दलालको प्रलोभनमा परी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी एक महिलाको उद्धार भएको छ। वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष विशाल मोक्तानको पहलमा नुवाकोटकी सुकुमाया तामाङको सकुशल उद्धार गरिएको हो।
कुवेतमा अलपत्र परेकी सुकुमाया श्रम शोषण ,शारीरिक तथा मानसिक यातनाबाट तनावग्रस्त थिइन। उनी विगत ७ महिना देखि चरम यातना खेपिरहेको अवस्थामा बुधवार उद्धार गरी नेपाल फर्काउन सफल भएको वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालले जनाएको छ।
कुवेतमा रहँदा उनले राम्रोसँग खान बस्न नपाएकी थिइन् ,न उनलाई सहयोग गर्ने र उद्धार गर्ने परिस्थिति थियो यस्तो नरकीय जीवन बिताउन र मर्न सम्म बाध्य भएकी चेलीको संघका अध्यक्ष मोक्तानको कूटनैतिक तथा त्यहाँस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई परिवार जिम्मा लगाइएको जनाएको छ।
त्रिभुवन विमानस्थल छोटो प्रतिक्रिया दिँदै सुकुमायाले नेपाल फर्किन पाएकोमा खुसी व्यक्त गर्दै उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। नेपाल सरकारले गर्न नसकेको यो काम संस्था गरिरहेको र अहिले यस संस्था पीडित श्रमिकहरूका लागि मन्दिर नै बनिरहेको छ। संस्था हरेक दिनजसो कुवेत लगायत अन्य खाडी मुलुकमा दलालको प्रलोभनमा परी अलपत्र परेका नेपालीहरूलाई सहयोग तथा उद्धारमा सहजीकरण गरिरहेको जनाएको छ। यो खबर राजधानी दैनिकमा छ ।