२०८३ असार २ गते , मंगलबार

बिषालु सर्पले डस्दा राजवंशीको मृत्यु

sajilo news
मोरङ
२०८२ श्रावण १६ गते , शुक्रबार
बिषालु सर्पले डस्दा राजवंशीको मृत्यु

बिषालु सर्पले डस्दा मोरङ रंगेलीकी एक वृद्धाको मृत्यु भएको छ । बिहीबार साँझ अन्दाजी ७ः३० बजे रंगेली नगरपालिका-२ दौलतपुरका ६८ वर्षीया चैतन्यदेवी राजवंशीलाई आफ्नो घरको आँगनमा सर्पले दाहिने खुट्टाको औँलामा टोकेको थियो । उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा लगी डाक्टरले चेकजाँच गर्दा राति ८ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार