२०८३ असार २ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
मोरङको सुन्दरहरैचामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री महिलाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ बजे सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित पूर्वपश्चिम राजमार्गमा गछियाबाट इटहरीतर्फ जाँदै गरेको को ३८ प ९६५ न.को मोटरसाइकलले पैदल यात्री सुन्दरहरैचा ६ बस्ने ७० वर्षीया लिलम दाहाललाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएकोमा उपचारको क्रममा आज बिहान ३;५५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल र चालक भोजपुर रामप्रसाद राई गाउँपालिका ६ बस्ने २४ वर्षीय हिमाल मगरलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।