२०८३ असार २ गते , मंगलबार

भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति

sajilo news
झापा
२०८२ श्रावण १३ गते , मंगलबार
भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति

भद्रपुरमा ग्यासबाट आगलागी हुँदा ७० हजार मुल्य बराबरको क्षति भएको छ । आज बिहान अन्दाजी ६:४० बजेको समयमा भद्रपुर नगरपालिका- ९ स्थितपुहाँतुबारी निवासी तारा चौलागाईको २ तले पक्की घरको पहिलो तलाको किचन कोठामा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगो लागेको थियो ।

आगलागीबाट किचन कोठाको भाडा बर्तन लगायत अन्य सामान जल्दा अन्दाजी ७० हजार बराबरको क्षति प्रहरीले जनाएको छ । आगो  भद्रपुरको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । किचन कोठा बाहेक अन्य कोठा तथा मानवीय, चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार