२०८३ असार २ गते , मंगलबार

सिन्धुलीमा एकै परिवारका १६ जना कहाँ हराए ? खोजीकार्यमा जुट्यो प्रहरी

sajilo news
झापा
२०८२ श्रावण १२ गते , सोमबार
सिन्धुलीमा एकै परिवारका १६ जना कहाँ हराए ? खोजीकार्यमा जुट्यो प्रहरी

सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । सोमबार विहान प्रहरीले उर्मिला हायुको परिवारका कोही सदस्य पनि घरमा नभएको स्थानीयबाट सूचना पाएको थियो ।

परिवारका सदस्यहरु सबै हराएको खबरपछि वडाअध्यक्ष रविन श्रेष्ठसहितका जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु र इलाका प्रहरी कार्यालय खुर्कोटबाट इन्स्पेक्टरको नेतृत्वको टोली उक्त स्थानमा पुगेको छ । वडाअध्यक्ष श्रेष्ठले उक्त परिवारमा १६ जना सदस्य एकै घरमा बस्ने गरेको जनाएका छन । 

बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला हायु, २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु रहेका छन्।

उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए। गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।  

घरमा पुग्दा घरको पालीमा आगलागी भएको र सामान्य क्षति रहेको भेटिएको छ भने अलपत्र अवस्थामा पशु र पंक्षिहरु भेटिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताएका छन ।

स्थानीय जनप्रतिनिधि र गाउँलेसँग हराएका परिवारका सदस्यको ’boutमा बुझ्ने काम भइरहेको र त्यहाँ आसपासमा कुनै अप्रीय घटना भएको संकेत अहिलेसम्म नमिलेको सुबेदीले बताए । स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको ’boutमा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

हायु परिवारले पालेका ४, ५ वटा बाख्रा, १५, १६ वटा कुखुरा र भैंसी अलपत्र अवस्थामा रहेको पाइएको गोलञ्जोर गाउँपालिकाका कर्मचारी हरिकिशोर कार्कीले बताएका छन ।

सम्बन्धित समाचार