२०८३ असार २ गते , मंगलबार
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार कुण्डमा नुहाउने क्रममा बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकालको शव भेटिएको हो। नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी दुवै जनाको शव कुण्डबाट निकालेको हो। सेनाले शव नेपाल प्रहरीलाई बुझाएको छ ।