२०८३ असार २ गते , मंगलबार
घरबाट राति हिँडेकी भद्रपुरकी वृद्धा मृत फेला
घरबाट राति निस्केर हिँडेकी भद्रपुरकी एक वृद्धा रुखमुनि मृत फेला परेकी छन् । गएराति भद्रपुर नगरपालिका-१ तुलसी चोक बस्ने ६८ वर्षीया ओसत राई घरबाट निस्केर हिँडेकोमा आज बिहान घरदेखि अन्दाजी २० मिटर पूर्वमा रहेको पलासको रुखमुनि घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् ।
स्थानीयले देखेर इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप अनुसन्धान एवं कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली गएको जनाइएको छ ।