२०८३ असार २ गते , मंगलबार

झापामा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण १२ गते , सोमबार
झापामा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापाको मेचीनगरस्थित सहरेडाँगीमा स्कोरपियो गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।  आइतबार साँझ साढे ७ बजे मेचीनगर नगरपालिका–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कोरपियोले  पैदल यात्रीलाई ठक्कर दिएको थियो  ।

नाम थर वतन नखुलेका अन्दाजी वर्ष ४५–४६ का गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारको लागि बीएण्डसी अस्पताल ल्याइ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । यता पैदल यात्रीलाई ठक्कर दिएर भागेका स्कोरपियो र त्यसका चालक हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार