इनरव्हील क्लब भद्रपुरको पदहस्तान्तरण, अध्यक्षमा अमृता
भद्रपुर । इनरव्हील क्लब अफ भद्रपुरको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । भद्रपुरमा आज आयोजित एक समारोहका बीच सन २०२४।०२५ की अध्यक्ष प्रमीला ढकाल परीले सन २०२५।०२६ की अध्यक्ष अमृता हुमागाईँ पराजुलीलाई पद हस्तान्तरण गरेकी थिइन् । पद हस्तान्तरण पश्चात् अध्यक्ष पराजुलीले एक बर्से कार्यकालमा गरिने योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
त्यस्तै इनरव्हील क्लबकी भाइस प्रेसिडेन्टमा डिछेन शेर्पा राई, आइपिपिमा प्रमीला ढकाल, सेक्रेटरीमा आशा उप्रेती पोखरेल, आइएसओमा डा. गीता श्रेष्ठ, एडिटरमा लिना राई श्रेष्ठ चयन भएकी छिन् । त्यस्तै चार्टर प्रेसिडेन्ट कुसुम अधिकारी पराजुली रहेकी वोडमा एक्जिुकेटीभ मेम्बरमा क्रमशः अनिता मानन्धर, निता श्रेष्ठ, मञ्जु सुब्बा र शारदा सुवेदी पराजुली रहेकी छिन् ।
क्लबकी अध्यक्ष पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य भएको कार्यक्रममा डिस्ट्रिक्ट चेयर कमला श्रेष्ठ लगायतको मन्तव्य राखेकी थिइन । कार्यक्रममा पूजा आचार्य ढकालले स्वागत मन्तव्य राखेकी कार्यक्रममा गीता श्रेष्ठले इनरव्हील प्रार्थना प्रस्तुत गरेकी कार्यक्रमको सञ्चालन सचिव आशा उप्रेती पोखरेलले गरेकी थिइन् ।