२०८३ असार २ गते , मंगलबार

आज श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

sajilo news
झापा
२०८२ श्रावण ११ गते , आईतबार
आज श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती

श्रावण शुक्ल तृतीया अर्थात् वराह जयन्ती। पौराणिक ग्रन्थका अनुसार जलमा डुबेको पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले यसै दिन वराह अवतार लिएका थिए। पृथ्वीको उद्धार गरी मानव बसोबासयोग्य बनाएको विश्वास गरिन्छ।वराहजयन्तीका अवसरमा भगवान् विष्णुको पूजा आराधना गर्ने परम्परा छ।

सत्ययुगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह (बनेल)को रूप लिएको वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।  सज्जनको रक्षा र दुष्टको विनाश गर्न भगवान् विष्णुले मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की गरी १० अवतार लिएको पुराणमा उल्लेख छ।

सम्बन्धित समाचार