२०८३ असार २ गते , मंगलबार

हल्दिवारी आगलागी घटनामा परी घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

sajilo news
झापा
२०८२ श्रावण १० गते , शनिबार
हल्दिवारी आगलागी घटनामा परी घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु

हल्दिवारीमा भएको आगलागी घटनामा परी घाइते भएका पाँचमध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका ४ ओली चौक निवासी ६० वर्षीय पुण्यप्रसाद ओली रहेका छन् । उनको आज बिहान ११ ः३५ बजे उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । 

साउन ६ गते बिहान ८ः४० बजे ओलीको इँटाले बनेको ३ तले पक्की घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी भएको थियो । सो आगलागीमा परी उनीसहित ५ जना घाइते भएका थिए । आगो निभाउने क्रममा घरधनी ओली, उनकी श्रीमती ५९ वर्षीया गङ्गादेवी ओली ,उनका छोरा बुहारी ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया अनिता ओली र भतिज २० वर्षीय आर्यन ओली घाइते भएका थिए । आगलागीमा घाइते भएका गङ्गादेवी र अनिता डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार