२०८३ असार २ गते , मंगलबार

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

sajilo news
एजेन्सी
२०८२ श्रावण ९ गते , शुक्रबार
रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ । ७३ वर्षको उमेरमा स्थानीय समय अनुसार बिहीबार बिहान उनको निधन भएको अमेरिकाको टीएमजी वेबसाइटले जनाएको छ ।हृदयघातका कारण उनको निधन भएको हो । उनको निधन भएपछि फ्लोरिडा राज्यको क्लियरवाटरस्थित उनको निवासमा आपत्कालीन सेवा दस्ता पठाइएको छ ।

यसअघि उनी कोमामा पुगेको हल्ला फैलिएको थियो । केही दिनअघि मात्रै श्रीमती स्काईले उनी कोमामा पुगेको हल्ला गलत भएको बताइन् ।वास्तविक नाम टोरी बोल्लेया रहेका उनको रेस्लिङ यात्रालाई धेरै महत्व दिइएको छ निकै महत्वपूर्ण मानिन्छ । उनले शुरुमा डब्लूडब्ल्यूएफ र पछि डब्ल्यूडब्ल्यूईमा कुश्ती प्रदर्शन गरेका थिए । १९७० को दशकमा रेस्लिङ प्रवेश गरेका उनी एक वर्षअघिसम्म सक्रिय थिए ।
 

सम्बन्धित समाचार