२०८३ असार २ गते , मंगलबार

बिर्तामोड नगरपालिकाद्वारा दुई जनालाई आर्थिक सहयोग

sajilo news
झापा
२०८२ श्रावण ५ गते , सोमबार
बिर्तामोड नगरपालिकाद्वारा दुई जनालाई आर्थिक सहयोग

बिर्तामोड । बिर्तामोड नगरपालिकाले दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ। नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईँले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गरेका हुन् । 

मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई ५० हजार रुपैयाँ र स्व. धरम चन्द राजवंशीकी श्रीमती कचनकवल–१ निवासी गीता राजवंशीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले आर्थिक अवस्था कमजोर भएका श्रमिक र उनीहरूको परिवारका लागि श्रमिक हितकोष प्रभावकारी रहेको बताइन्।

सहायता वितरण कार्यक्रममा कोषका उपाध्यक्ष यज्ञ प्रताप अधिकारी, सचिव होमनाथ महराई, सदस्य अम्बीर कुमार लिङ्देनलगायतको उपस्थिति रहेको थियो।

बिर्तामोड नगरपालिकाले श्रमिक हितकोषमा सूचीकृत श्रमिकहरूलाई स्वास्थ्य समस्याका बेला आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ।

सम्बन्धित समाचार