२०८३ असार २ गते , मंगलबार

करेन्ट लागेर तीनजनाको मृत्यु

sajilo news
झापा
२०८२ श्रावण ५ गते , सोमबार
करेन्ट लागेर तीनजनाको मृत्यु

सुनसरी, मोरङ र सङ्खुवासभामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । गएराति ८ बजे सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरी आफ्नै घरको प्यासेजमा साउन्ड सिस्टममा चुँडिएको तार मर्मत गरी प्लगमा जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

त्यस्तै आज बिहान ७ः४० बजे सङ्खुवासभा चिचिला गाउँपालिका ३ सोलाखानीस्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत परियोजनाअन्तर्गत एसएसएनआर कम्पनीको अडिट (थ्री) मा काम गर्ने कामदार कैलाली घोडाघोडी २ बस्ने ४० वर्षीय करणधर पौडेललाई सुरुङभित्र काम गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । घाइतेलाई एसएसएनआर कम्पनीको मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारि पुर्‍याउनासाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

त्यस्तै हिजो दिउँसो ४ बजे मोरङ बेलबारी ८ बाहुनीगरास्थित कान्तिपुर वासिङमा वल्डिङ गर्ने क्रममा पर्सा वीरगन्ज २७ बस्ने २५ वर्षीय इद मोहम्मद अन्सारीलाई अचानक करेन्ट लागेको थियो । उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा डाक्टरले चेकजाँचपश्चात् मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार